एमाले महाधिवेशन : मतदानको पर्खाइमा प्रतिनिधि

राति ९ बजेदेखी मतदान हुने कार्यतालिका रहे पनि केही ढिलो शूरु हुने देखिन्छ।

नेपालभ्युज

एमाले महाधिवेशन : मतदानको पर्खाइमा प्रतिनिधि

चितवन। चितवनमा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रनिनिधिहरु मतदानको पर्खाइमा रहेपनि निर्धारित समयमा मतदान शुरु नहुने भएको छ। राति ९ बजेदेखी मतदान हुने कार्यतालिका रहे पनि केही ढिलो शूरु हुने जनाइएको छ।

अध्यक्षसहित विभिन्न पदमा हुन गइरहेको मतदानमा ढिला हुन सक्ने केन्द्रीय निर्वाचन समितिका एक पदाधिकारीले जनाए। उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिला भएका कारण मतदानको समय पनि पर धकेलिन सक्ने ती पदाधिकारीको भनाई छ। केही प्राविधिक विषय मिलाउन बाँकी रहेका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा ढिलाइ भएको बताइन्छ।

केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो। तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका एक पदाधिकारीले जनाए। ती अधिकारीले भने ‘‘केही प्राविधिक विषय मिलाउन बाँकी छ। अन्तिम नामावली प्रकाशनमा गरेपछि पनि थप तयारी गर्नुपर्छ। यसैले राति ११ भन्दा यता मतदान शुरु गराउन कठिन छ।’’

अहिले बन्दसत्र स्थलमा उम्मेदवारहरू मत माग्न व्यस्त छन्। अध्यक्षका प्रत्याशी भीम रावलले मत मागिरहेका छन्। अध्यक्ष केपी ओलीलगायतका नेताहरु भने मत माग्न आएका छैनन्। जितिन्छ भन्ने आत्मविश्वासले पनि मत माग्न नआएको हुनसक्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved