राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।

नेपालभ्युज

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि राखेप सदस्य सचिव रमेश सिलवाल थिए। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि उनलाई हटाइएको थियो। घिसिङ नेकपा माओवादी केन्द्रको बागमती प्रदेश सचिवालय समितिका सदस्य पनि हुन्।

घिसिङ नेपाल रग्वी संघको अध्यक्ष पनि हुन्। घिसिङले मङ्गलवार नै पद तथा गोपनीयताको शपथ लिने सम्भावना रहेको देखिन्छ। शुक्रबार सम्मको समय दिएर खेलकुद मन्त्रालयले सदस्य सचिवको आवेदन माग गरेको थियो। सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुदिल शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाई, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरि १८ जनाले आवेदन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved