एमाले दशौँ महाधिवेशन

अनुशासन र लेखा आयोगमा सर्वसम्मत नेतृत्व

उमेरहदका कारण अमृत कुमार बोहराले छाडेपछि अनुशासन आयोगमा बडाल चयन भएका हुन्।

नेपालभ्युज

अनुशासन र लेखा आयोगमा सर्वसम्मत नेतृत्व

काठमाडौं। नेकपा एमालेको केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा सर्वसम्म्त नेतृत्व चयन भएको छ।

चितवनको सौराहमा जारी बन्दसत्रबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशब बडाल र लेखा आयोगको अध्यक्षमा डा. पुष्प कडेल निर्विरोध निर्वाचित भएका छन्।

कडेल यसअघि पनि लेखा आयोग अध्यक्ष हुन्। यता, उमेरहदका कारण अमृत कुमार बोहराले छाडेपछि अनुशासन आयोगमा बडाल चयन भएका हुन्।

अध्यक्ष कडेलसँगै २५ सदस्यीय लेखा आयोगको उपाध्यक्षमा विष्णु पन्थी र सचिवमा शिव अधिकारी निर्विरोध चयन भएका छन्।

यता, अनुशासन आयोगको उपाध्यक्षमा नेत्रराज पन्थी पनि सर्वसम्मत चयन भएका छन्। दुवै आयोगका पदाधिकारी केपी शर्मा ओली निकटका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved