एमाले दशौँ महाधिवेशन

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

सार्वजनिक उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्ष ६ जना खुला पदका लागि सात जनाको उम्मेदवारी परेको छ।

नेपालभ्युज

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन

चितवन। नेकपा एमालेको दशौँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक सूची निर्वाचन समितिले प्रकाशन गरेको छ।

समितिले प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको हो। सूची प्रकाशनसँगै निर्वाचन समितिले निर्धारित समयभन्दा झण्डै चार घण्टापछि उम्मेद्वारहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो।

सार्वजनिक उम्मेदवारहरूको प्रारम्भिक सूचीमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्ष ६ जना खुला पदका लागि सात जनाको उम्मेदवारी परेको छ। जसमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवास नेम्वाङ्ग रहेका छन्।

महासचिवमा शंकर पोखरेलको मात्र उम्मेदवारी परेको छ। उपमहासचिव ३ पदका लागि प्रदीप ज्ञवाली, पृथ्वी सुब्वा गुरुङ, र विष्णुप्रसाद रिमालको उम्मेद्वारी परेको छ।

सचिव खुल्लामा ९ जनाको उम्मेद्वारी परेको छ। जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, टंक कार्की, भीम आर्चाय, पद्माकुमारी अर्याल, लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ छन्।

प्रारम्भीक नामावली प्रकाशनसँगै उम्मेदवारको विरोधमा उजुरी दिन सक्नेछन्। उम्मेदवारविरुद्ध उजुरी परे उजुरी उपर छानबिन र निर्णय हुने छ। कुनै उजुरी नभए निर्वाचन समितिले उम्मेदवाीको नामावली पुन प्रकाशन गर्ने छ।

त्यसपछि उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन समितिले समय तय गर्ने छ र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै मतदान प्रक्रिया अघि बढ्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved