रियल मड्रिड स्पाइनिस लिगको शीर्षस्थानमा

नेपालभ्युज

रियल मड्रिड स्पाइनिस लिगको शीर्षस्थानमा

एजेन्सी। सेभिल्लालाई २-१ ले हराउँदै स्पाइनिस लिगको शीर्षस्थानमा उक्लिएको छ। रियलको घरेलु मैदानमा भएको खेलमा १२ मिनेटमा पाहुना टोली सेभिल्लाले गोल गर्दै अग्रता लिएको थियो।

यसपछि ३२ औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा पुर्‍याए। खेल सकिन ३ मिनेट बाँकी रहँदा भिनिसियस जुनियरले अर्को गोल थपेपछि रियलले खेल २-१ले जित्यो।

लिगमा रियलको निरन्तर यो छैठौँ जित हो।

जितपछि १४ खेलबाट ३३ अंक जोड्दै रियल पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथलेटिको मड्रिड २९ अंक छ। सातौँ स्थानमा रहेको बार्सिलोनाको भने १४ खेलमा २३ अंक मात्र छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved