कांग्रेस सुर्खेत सभापतिमा खड्ग पोखरेल निर्विरोध चयन

नेपालभ्युज

कांग्रेस सुर्खेत सभापतिमा खड्ग पोखरेल निर्विरोध चयन

सर्खेत । नेपाली कांग्रेस जिल्ला कार्य समिति सुर्खेतको सभापतिमा खड्ग बहादुर पोखरेल निर्विरोध चयन भएका छन्। सभापति पदमा उनको एकल उम्मेदवारी परेको थियो।

जिल्ला अधिवशेन शुक्रबार शुरु हुने तालिका तय भए पनि क्षेत्र नं १ मा मतपत्र छपाईमा त्रुटि हुँदा दलित महाधिवेशन प्रतिनिधिको शनिबार पुनः निर्वाचन भएको थियो। सहायक जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार जिल्ला कार्य समितिका दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र सदस्य पदका लागि भने मतदान भएको छ।

उपसभापतिमा विष्णुबहादुर खड्का, टोपबहादुर रावत, टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा देवकुमार सुवेदी, बालदिप कँडेल, अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा प्रकाश डिसी, हरि विष्ट, भीमबहादुर शाही र लोकबहादुर पन्तको उम्मेदवारी परेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved