भीम रावललाई जिद्दी छाड्न गोकुल बास्कोटाको आग्रह

सहमति भए आफूले दाबी गरेको पद पनि छाड्ने

नेपालभ्युज

चितवन । उपाध्यक्ष भीम रावलले पार्टीले भनेको मान्नुपर्ने नेकपा (एमाले) नेता गोकुल बास्कोटाले बताएका छन्। दशौं महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएका रावलको व्यवस्थापन अध्यक्ष केपी ओलीलाई हम्मेहम्मे परिरहेको बेला बास्कोटाको उक्त भनाइ आएको हो।

सहमतिअनुसार नेतृत्व तथा पदाधिकारी चयन हुनुपर्नेमा जोड दिँदै बास्कोटाले पार्टीभित्र सहमति बने आफूले दाबी गरेको सचिव पद पनि त्याग गर्न तयार रहेको बताए।

यसैबीच रावलपक्षीय नेताहरूलाई सौराहको पार्क सफारी होटलमा ओली पक्षकाले छलफलका लागि बोलाए पनि सहमति हुन सकेको छैन। केहीबेरमा शुरु हुने बन्दसत्रमा ओलीले केन्द्रीय सदस्य तथा पदाधिकारीको नामावली सुनाउने र अरूलाई बोल्ने अधिकार नदिने तयारी भएको सहभागी एक प्रतिनिधिले नेपालभ्यूजसँग बताए।

कञ्चनपुरबाट महाधिवेशन प्रतिनिधि भएर आएका ती प्रतिनिधिले रावललाई ओली पक्षले बोल्नै नदिने रणनीति बनाएकोसमेत आरोप लगाए। साथै आफ्नो पक्षलाई पेलेरै जाने अवस्था ओलीलगायतहरूले गरे हलबाट निस्केर जाने उनले चेतावनी पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved