एमाले महाधिवेशन

एमालेमा ३०१ केन्द्रीय सदस्य र पदाधिकारीको यस्तो नयाँ विकल्प

नेपालभ्युज

एमालेमा ३०१ केन्द्रीय सदस्य र पदाधिकारीको यस्तो नयाँ विकल्प

चितवन। लम्बिँदै गएको नेकपा (एमाले) महाधिवेशनको आजको बन्द सत्र साँझ सात बजे मात्र शुरु हुने भएको छ।

नेतृत्व चयनमा कुरा बाझिँदा बन्दसत्र शुरु हुन नसकेको हो। यसैबीच केन्द्रीय सदस्यहरूको नामावली तयार भएको र अध्यक्ष ओलीलाई बुझाइएको एमाले एक नेताले बताएका छन्।

अध्यक्ष केपी ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार बिहान १० बने बन्दसत्र राखेका थिए। तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरूको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए। अहिले उनीहरूले ३ सय १ जना केन्द्रीय सदस्यहरूको सूची बनाएर ओलीलाई बुझाएका एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

विष्णु पौडेलले बुझाएको उक्ता नामप्रति अहिले रुजु हुने काम भइरहेको पनि उनले बताए।

यसैबीच पदाधिकारीमा सहमति कायम भन्दै उनीहरूले केही विकल्प पनि अघि सारेका छन्। जहाँ भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउँदै ईश्वर पोखरेललाई महासचिवमा यथावत् राख्न सुझाइएको छ। रावलले अध्यक्ष पदबाट टसमस नभएपछि ओली सर्वसम्मत हुने ठाउँ नरहेको हो। त्यसैले विकल्पका रूपमा रावललाई वरिष्ठ उपाध्यक्ष दिनुपर्ने उल्लेख गरेका छन्।

यता ईश्वर पोखरेल भने वरिष्ठ उपाध्यक्ष पदका आकांक्षी हुन्। उनीसँगै एमाले संसदीय दलका नेता सुवास नेम्बाङले‍ पनि वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका छन्।

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरूको सूची बनाउन दिएका थिए। यिनै चार नेताले पदाधिकारी व्यवस्थापनबारे पनि विकल्प अघि सारेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved