एमालेमा जनवाद सकिएको र ओलीको 'डनवाद' शुरु भएको आरोप
नेपालभ्युज
काठमाडौं। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ‘ओली सेसन’ चलिरहेको बताएका छन्।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा नेता थापाले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताए।
प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको उनको भनाइ छ। नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ शुरु भएको पनि थापाले आरोप लगाए।
नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेनजस्तो लागेको बताए। हुन सेनविरुद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए।
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप पनि उनको थियो। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिस्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा नेतृत्व फेरिनुपर्ने बताए। पार्टीको विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन हुन जरुरी रहेको बताए। नेतृत्व कमजोर भएकोले नै गत चुनावमा नेपाली कांग्रेस १६५ सिटमध्ये २३ सिटमा खुम्चिएको भन्दै नेता सिंहले पार्टीलाई नियमले चलाउन नेतृत्व परिवर्तनको विकल्प नरेहको बताए।
भीम रावल कांग्रेसको कार्यकर्ता हो?गगनजी तलको मर्यादाक्रममा हो?चितवन महाधिवेशन कुन विधि र प्रक्रियाले गर्ने हो!यो अब गगन थापा संग सिकिनुपर्ने हो?