भिल्लारियलमाथि बार्सिलोनाको महत्वपूर्ण जित

नेपालभ्युज

भिल्लारियलमाथि बार्सिलोनाको महत्वपूर्ण जित

काठमाडौं । ला लिगामा गएराति बार्सिलोनाले भिल्लारियलमाथि महत्वपूर्ण जित निकालेको छ। आफ्नो १४ औं खेलमा बार्सिलोनाले गएराति भ्यालेन्सियालाई उसकै मैदानमा ३-१ गोलअन्तरले हरायो।

बार्सिलोनालाई जिताउन मेम्फिस डिफाय, फ्रेन्क डिजोङ र फिलिप काउटिन्होले गोल गरे।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको तेस्रो मिनेटमा डिजोङले बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर भ्यालेन्सियाले ७६ मिनेटमा गोल फर्काएपछि बार्सिलोनाल लगभगत १-१ को बराबरीमा रोकिएको अवस्थामा पुगेको थियो। तर बार्सिलोनाले निर्धारित ९० मिनेट सकिनुअघि थप एक र अतिरिक्त समयको चौथो मिनेटमा तेस्रो गोल गरेको थियो।

८८ मिनेटमा डिफायले र अतिरिक्त समयमा काउटिन्होले गोल गरेका हुन्। जितपछि बार्सिलोना सातौं स्थानमा उक्लिएको छ भने भिल्लारियल भने हारपछि १२ औं स्थानमा छ।

बार्सिलोनाले भर्खरै मात्र मुख्य प्रशिक्षकका रूपमा स्पेनी तथा पूर्व बार्सिलोना स्टार खेलाडी जाभीलाई भित्र्याएको छ। जाभीले बार्सिलोना सम्हालेपछिको यो तेस्रो खेल हो। पहिलो खेलमा जाभीले ला लिगामै स्पानियोलमाथि १-० को जित दिलाएका थिए भने च्याम्पियन्स लिगमा भने टोली बेन्फिकासँग बराबरीमा रोकिएको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved