चिसोसँगै प्रदूषण बढ्यो, तत्काल पानी नपर्ने

नेपालभ्युज

चिसोसँगै प्रदूषण बढ्यो, तत्काल पानी नपर्ने

काठमाडौं। देशभर चिसो बढेको छ। प्रदूषण पनि बढेको छ। स्थानीय प्रभावका कारणले प्रदूषण बढेको विज्ञहरू बताउँछन् । आकाश खुल्न नसकेकाले देशका केही ठाउँका मौसम धुम्मिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपी तत्काल हावा चल्ने र पानी पार्ने कुनै पनि मौसमी प्रणाली छैन। जसकारण केही दिन मौसम धुम्म नै रहने महाशाखाको अनुमान छ। आइतबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved