चितवनमा आगलागीबाट दुई बालबालिकाको मृत्यु

नेपालभ्युज

चितवनमा आगलागीबाट दुई बालबालिकाको मृत्यु
सांकेतिक तस्वीर।

चितवन। राप्ती नगरपालिका–१ परेवाकोट मइनटारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। जितबहादुर तामाङको घरमा आगलागी हुँदा नातिनातिहरुको मृत्यु भएको हो।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरू सुरज रुम्बा र मनीषा तामाङ रहेका छन् । शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी भएको थियो ।

राप्ती–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्ताने बिजुली नपुगेको सो पहाडी गाउँमा सोलारबाट बत्ती बाल्ने गरेको बताए। केटाकेटीहरूले घरमा राखेको सोलार ब्याट्री खेलाउँदा उक्त दुर्घटना भएको हुन सक्ने वडाध्यक्ष स्याङ्तानको भनाइ छ ।
आगलागीबाट जितबहादुरको घर पनि जलेर पूर्णरुपमा नष्ट भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved