कोरोनाको नयाँ भेरियन्ट आएपछि सीसीएमसीसीको बैठक बस्दै

सीमा नाकामा कडाइ तथा हवाई उडानबारे आवश्यक निर्णय लिइँदै

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आइतबार बिहान कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दै छ।

नेपालभ्युज

कोरोनाको नयाँ भेरियन्ट आएपछि सीसीएमसीसीको बैठक बस्दै

काठमाडौं। दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि नेपालमा पनि उच्च सतर्कता अपनाइदैछ। नयाँ भेरियन्टको रोकथाम तथा पूर्वतयारीका लागि सरकारले आवश्यक निर्णय गर्ने भएको छ।
जसमा सीमा नाकामा कडाइदेखि सुरक्षित हवाई उडानका विषयमा निर्णय लिइने जनाइएको छ।

सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे निर्णय गर्न आइतबार बिहान कोभिड–१९ संकट व्यवस्थापन समन्वय समिति सीसीएमसीसीको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सीसीएमसीसीका प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

दक्षिण अफ्रिका, हङकङलगायतका देशमा देखिएको भेरियन्ट नेपालमा पनि आउन सक्ने उच्च जोखिम रहेको विज्ञले बताएका छन्। पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न सबैसँग आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved