जाजरकोटमा बस दुर्घटना,पाँच जनाको मृत्यु

नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस कुदु बराहचौक नजिक दुर्घटना भएको हो।

नेपालभ्युज

काठमाडौँ। जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस कुदु बराहचौक नजिक दुर्घटना भएको हो। घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जाजरकोटका तथा प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।

थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए। घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएको हो । प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved