एमालेतर्फ संकेत गर्दै नेपालले भने – भुत्ते विचार बोकेको कम्युनिष्ट पार्टी चल्दैन

ओलीलाई ‘बा’ भन्नेहरूको मात्रै एमालेमा भविष्य रहेको उनको भनाइ थियो।

नेपालभ्युज

एमालेतर्फ संकेत गर्दै नेपालले भने – भुत्ते विचार बोकेको कम्युनिष्ट पार्टी चल्दैन
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताएका छन्।

शनिबार नेकपा(एकीकृत समाजवादी) गोदावरी नगरकमिटी घोषणा तथा शपथग्रहण कार्यक्रममा बोल्दै उनले नेकपा एमालेतिर संकेत गर्दै भुत्ते विचार बोकेर कम्युनिष्ट पार्टी नचल्ने बताए। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुटको राजनीति गरेको आरोप लगाए। ओलीलाई ‘बा’ भन्नेहरूको मात्रै एमालेमा भविष्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले केपी शर्मा ओलीले रेलको सपना मात्रै बाँडेको आरोप लगाए। उनले घरघरमा हावाबाट ग्यास, जिजुली जस्ता सपना बाँड्दै जनकपुरमा लिक नै नबनाई रेल ल्याएको गफ लगाएको आरोप उनको थियो। स्वास्थ्यमन्त्री खतिवडाले रेलमा ओली सरकारको ठूलै कमिसनको खेल भएको आरोप लगाए।

ओलीले प्रधानमन्त्री हुँदा एकैपटक सडक, अस्पताललगायतको उद्घाटन बालुवाटारमा बसेर हचुवाको भरमा गरेको उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved