सचिवमा उम्मेदवारी दिने तुम्बाहाम्फेको घोषणा

यसअघि आफूलाई महासचिव पदको दावेदार बताउँदै आएका पृथ्वीसुब्बा गुरुङ र यसपालि चौतारीमै बस्ने बताएका योगेश भट्टराईले उपमहासचिवमा आफ्नो दावेदारी प्रस्तुत गर्ने तयारी गरेका छन्।

नेपालभ्युज

सचिवमा उम्मेदवारी दिने तुम्बाहाम्फेको घोषणा

चितवन। पूर्व उपसभामुख एवं कानून मन्त्री शिवकुमारी तुम्बाहाम्फेले आफू सचिव पदको दावेदार रहेको बताएकी छन्। नेकपा एमालेको १० औँ महाधिवेशनका लागि सौराहामा रहेकी तुम्बाहाम्फेले नेपाल भ्यूसँगसँग कुरा गर्दै आफूले यो महाधिवेशनमा सचिव पदको दावेदारी प्रस्तुत गर्ने बताएकी हुन्।

एमालेको विधानमा नै समानुपातिक ढंगले पदाधिकारी चयन गर्नु पर्ने व्यवस्था गरेको बताउँदै उनले त्यसका लागि पनि आफू सचिव पदको उर्पयुक्त पात्र भएको बताएकी हुन्। यसअघि तुम्बाहाम्फेले उपाध्यक्षको दाबी गरेको चर्चा चले पनि उनले आफू उपाध्यक्ष नभएर सचिव पदको दाबी गर्ने बताएकी हुन्।

महाधिवेशन उद्घाटन सत्रपछि बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीमा उपमहासचिव र उपाध्यक्ष पद थपेको छ। उपमहासचिवको संख्या बढेसँगै त्यसका आकांक्षी पनि बढेका छन्।

यसअघि आफूलाई महासचिव पदको दावेदार बताउँदै आएका पृथ्वीसुब्बा गुरुङ र यसपालि चौतारीमै बस्ने बताएका योगेश भट्टराईले उपमहासचिवमा आफ्नो दावेदारी प्रस्तुत गर्ने तयारी गरेका छन्। यसअघि उपमहासचिवमा प्रदीप ज्ञवालीको नाम मात्रै चर्चामा रहे पनि पछिल्लो अवस्थामा अन्य नेता पनि उक्त पदका आकांक्षी भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved