कोरोनाको नयाँ भेरियन्ट फैलिने त्रासले न्यूयोर्कमा संकटकाल घोषणा

कोरोनाको नयाँ भेरियन्ट फैलिने त्रासले न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क। हाल दक्षिण अफ्रिकालगायत देशमा देखिएको कोरोनाको नयाँ भाइरस फैलिनसक्ने भन्दै अमेरिकाको न्यूयोर्कमा संकटकाल लगाइएको छ। न्यूयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकालको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्।

कोरोना भाइरसको महामारी बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक रहेको कारणले संकटकाल लगाउनु परेको उनले बताएका छन्।

“पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरूको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले होचुलले भनेका छन्।

कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ।

उनकाअनुसार अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुनेछ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए। त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ।

दक्षिण अफ्रिकामा नयाँ कोरोना भाइरसको रुपमा ओमिक्रोन कोरोना भाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्यूयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्।

न्यूयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्न आह्वान गरेको छ।

त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved