महिला विश्वकप एशिया छनोट

यूएईविरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

अन्तिम खेल जिते पनि नेपाली टिमलाई विश्व छनोट खेल्न पर्याप्त छैन। उसका लागि नेट रनरेटको अंक गणित पनि मिल्न आवश्यक छ।

नेपालभ्युज

यूएईविरुद्ध ‘गर या मर’को अवस्थामा नेपाल

काठमाडौं। नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटमा अफ्ठ्यारो अवस्थामा छ। यूएईमा जारी छनोटमा अब नेपालले एक खेल खेल्न बाँकी छ।

तर, अन्तिम खेल जिते पनि नेपाली टिमलाई विश्व छनोट खेल्न पर्याप्त छैन। उसका लागि नेट रनरेटको अंक गणित पनि मिल्न आवश्यक छ।

नेपालले आफ्नो अन्तिम खेलमा आइतबार आयोजक यूएईको सामना गर्दैछ। उक्त खेलमा जितेर पनि नेपालले नेट रनरेटमा उसलाई पछि पार्नुपर्नेछ। जसका लागि नेपाललाई ठूलो अन्तरको जित आवश्यक छ।

एशिया छनोटमा अहिले ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जसमध्ये एक टिमले ग्लोबल छनोटमा स्थान बनाउने छ।

सबै टिमले चार खेल खेलिसक्दा चारै खेल जितेको यूएई आठ अंकसहित शीर्ष स्थानमा रहँदा तीन तीन खेल जितेको नेपाल र हङकङ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यूएईसँगै नेपाल र हङकङको पनि ग्लोबल छनोटको सम्भावना कायमै छ। छनोट खेलेका मलेसिया, भुटान र कुवेत भने ग्लोबल छनोटको दौडबाट बाहिरिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved