एमाले महाधिवेशनः बन्दसत्रस्थलमा पुगे ओली

शनिबार बिहानैदेखि बन्दसत्र शुरु हुने भनिए पनि सर्वसम्मत नेतृत्वको चयनका लागि भन्दै बिहानैदेखि नेताहरु सामूहिक छलफलमा जुटेका थिए। जसकारण बन्दसत्र ढिला हुन पुगेको थियो।

नेपालभ्युज

एमाले महाधिवेशनः बन्दसत्रस्थलमा पुगे ओली

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशौँ महाधिवेशनको बन्दसत्रस्थलमा पुगेका छन्।

सेभेन स्टार होटलमा सर्वसम्मत नेतृत्व चयनका लागि छलफलमा रहेका ओली बन्दसत्रस्थलमा पुगेका हुन्।

उनी छलफलबाट निस्किएर चित्रकला प्रदर्शनी अवलोकन गर्दै बन्दसत्रस्थल पुगेका हुन्। सांस्कृतिक समितिले प्रगतिशील ललितकला संघसँगको सहकार्यमा महाधिवेशनस्थलमा प्रदर्शनी राखेको छ।

शनिबार बिहानैदेखि बन्दसत्र शुरु हुने भनिए पनि सर्वसम्मत नेतृत्वको चयनका लागि भन्दै बिहानैदेखि नेताहरु सामूहिक छलफलमा जुटेका थिए। जसकारण बन्दसत्र ढिला हुन पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved