इटाली वा पोर्चुगलले कतार विश्वकप गुमाउने

युरोपियन छनोटको प्लेअफमा एउटै समूहमा परेसँगै दुई मध्ये एउटा राष्ट्रले कतार विश्वकप गुमाउने पक्का भएको हो।

नेपालभ्युज

इटाली वा पोर्चुगलले कतार विश्वकप गुमाउने

काठमाडौं। युरोकप विजेता इटाली र पूर्वविजेता पोर्चुगलमध्ये एउटा राष्ट्रले २०२२ मा हुने कतार विश्वकप गुमाउने भएका छन्।

युरोपियन छनोटको प्लेअफमा एउटै समूहमा परेसँगै दुई मध्ये एउटा राष्ट्रले कतार विश्वकप गुमाउने पक्का भएको हो।

दुवै टोली प्लेअफको समूह सीमा रहेका छन्। सोही समूहमा टर्की र नर्थ मेसेडोनिया पनि रहेका छन्।

प्लेअफमा अब पहिलो खेलमा इटालीले नर्थ मेसेडोनियासँग तथा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले टर्कीको सामना गर्नेछ। विजेता टिमले फाइनलमा एकअर्काको समना गर्नेछन्। विजेताहरुबीच भएको खेलको विजेता कतार जानेछ।

युरोपियन छनोट प्लेअफको समूह ’ए’मा युक्रेन, वेल्स, स्कटल्याण्ड र अष्ट्रिया रहेका छन्। यस्तै, समूह ’बी’मा स्विडेन, रुस, पोल्यान्ड र चेक गणतन्त्र रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved