दाउरा प्रहार गरी आमाको हत्या

दाउरा प्रहार गरी आमाको हत्या
सांकेतिक तस्वीर

पाल्पा । पाल्पामा जेठो छोराले आमाको हत्या गरेका छन्। पाल्पा रिब्दीकोट गाउँपालिका-८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरका विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मदिरा खाएर गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही बढाइएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved