महासचिव आकांक्षी पौडेल र पोखरेललाई ओलीले भने – सहमति गर्नुस्

यी दुवै ओलीका अत्यन्त निकट मानिन्छन्। पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए भने पौडेल ओली सरकारमा अर्थमन्त्री भएका थिए।

महासचिव आकांक्षी पौडेल र पोखरेललाई ओलीले भने – सहमति गर्नुस्

चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवका आकांक्षी विष्णु पौडेल र शंकर पोखरेललाई सहमतिमा अघि बढ्न आग्रह गरेका छन्।

महाधिवेशनको उद्घाटन सत्र शुरु हुनुअघि ओलीले आज विहान पौडेल र पोखरेललाई भेटेका हुन्। भेटमा उनले आफूहरूलाई मिलेर अघि बढ्न आग्रह गरेको जानकारी पोखरेलले दिए।

एमालेको दशौँ महाधिवेशनको अन्तिम दिन आइतबार आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ। उक्त निर्वाचनमा पौडेल र पोखरेल दुवैले महासचिव पदमा उठ्ने घोषणा गरेका छन्।

ओलीले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेपछि पौडेल र पोखरेल सहमतिका लागि छलफलमा जुटेका छन्। नवौँ महाधिवेशनमा पौडेल र घनश्याम भुसालल उपमहासचिव जित्दा पोखरेल र रघुजी पन्त पराजित भएका थिए। त्यसपछि पराजित पोखरेललाई एमालेले स्थायी कमिटीमा तानेको थियो।

तत्कालीन नेकपा गठन हुँदा पौडेललाई पार्टीले महासचिवको जिम्मेवारी दिएको थियो। यी दुवै ओलीका अत्यन्त निकट मानिन्छन्। पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए भने पौडेल ओली सरकारमा अर्थमन्त्री भएका थिए।

आगामी आइतबर मतदान हुने र सोमबार नयाँ नेतृत्वको घोषणा गर्ने महाधिवेशनको तालिका रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved