महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपालभ्युज

महाधिवेशन उद्घाटनपछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशन उद्घाटनपछि आज (शुक्रबार) साँझ केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। यही नवौँ महाधिवेशनबाट निर्वाचित कमिटीको अन्तिम बैठक हुनेछ।

बैठक बेलुकी ८ बजे सौराहमा बस्ने तय भएको नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए। उनकाअनुसार बैठकमा महाधिवेशनको बन्दसत्रमा हुने प्रस्ताव र अन्य तयारीबारे निर्णय हुनेछ।

नवौँ महाधिवेशन २०७१ को असारमा भएकोमा महाधिवेशनबाट १९६ केन्द्रीय सदस्य निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved