बादलले भने – देशी विदेशी षड्यन्त्रबाट नेकपा तीन टुक्रा भयो

नेपालभ्युज

बादलले भने – देशी विदेशी षड्यन्त्रबाट नेकपा तीन टुक्रा भयो
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको आरोप लगाएका छन् । चितवनको भरतपुरमा जारी एमाले दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पहिलो भाषण गर्दै बादलले यस्तो आरोप लगाएका हुन्।

देशी विदेशी शक्तिको घेराबन्दीमा आफ्नो पार्टी परेको समेत बादलको आरोप थियो । अदालतको आदेशले पार्टी विभाजन भएको भन्दै बादलले असामान्य परिस्थितिबाट आफूहरूको सरकार ढलेको टिप्पणी गरे । ‘‘जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत मुलुक चलिरहेको छ। मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ’’ उनले भने ।
मुलुकमा एकातर्फ वामपन्थी र अर्कोतर्फ दक्षिणपन्थी अन्ध राष्ट्रवादी शक्ति रहेको उल्लेख गर्दै एमालेले मुलुकलाई सही दिशा दिने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved