प्रहरीले माग्यो ‘दलित’ भान्छे’

नेपालभ्युज

प्रहरीले माग्यो ‘दलित’ भान्छे’

काठमाडौं। नेपाल प्रहरीको भान्छामा थप ११ ’दलित’ले प्रवेश पाउने भएका छन्। शुक्रबार विभिन्न पदमा जनशक्ति माग गरेको प्रहरीले भान्छेमा पनि खुला र समावेशी प्रक्रियाबाट पदपूर्ति प्रक्रिया थालेको छ।

प्रहरीले शुक्रबार सात पदमा २३२० जनशक्ति माग गरेकोमा १६३ भान्छे मागेको छ। जसमा दलितका लागि ११ सिट सुनिश्चित गरिएको छ। २० मधेसी, २५ आदिवासी जनजाति र ३ महिला भान्छे पनि मागिएको छ।

प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ०७१ सालअघि प्रहरीमा दलित समुदायलाई भान्छे पदमा अवसर दिने गरिएको थिएन। ०७१ मा नयाँ ऐन आएसँगै यो समुदायलाई अवसर दिन थालिएको हो।

प्रहरीका दलित भान्छेको यकिन तथ्यांक भने आफूसँग नरहेको प्रवक्ता कुँवरले बताए।

पछिल्लो समय नेपाली सेनाले पनि दलितलाई भान्छेका रूपमा प्रवेश दिन थालेको छ। सेनाको पछिल्लो विज्ञापनमा तीनजना भान्छे मागेर छनोट प्रक्रिया अघि बढाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved