प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन प्रधानमन्त्रीलाई बारको ध्यानाकर्षण

न्यायालयमा आन्दोलन शुरु भएको करिब एक महिनापछि बारले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्।

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन प्रधानमन्त्रीलाई बारको ध्यानाकर्षण

काठमाडौं। नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाउन माग गरेको छ। न्यायालयमा आन्दोलन शुरु भएको करिब एक महिनापछि बारले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्।

दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । भेटमा प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन ध्यानाकर्षण गराएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

उनले नेपालभ्यूजसँग भने ‘‘हामीले प्रधानमन्त्रीसँगको भेटमा बारको आन्दोलन प्रधानन्यायाधीश राजीनामालगायतको बारेमा जानकारी दियौँ। प्रधानन्यायाधीशलाई कानुनी र संवैधानिक रुपमा हटाउनुपर्छ भन्ने माग राख्यौ। उहाँ रहेसम्म देशभरको न्यायालय समस्या हुँदैन। भ्रष्ट्राचार हटाउन उहाँलाई हटाउनपर्छ भन्यौ ।

यसको लागि महाअभियोग लगाउन ध्यानाकर्षण गराएका छौँ, उहाँले पनि गठबन्धन बैठक छिट्टै बसेर यसबारेमा छलफल गर्ने भन्नुभएको छ।’’ कात्तिक ८ गतेबाट सम्पूर्ण कानून क्षेत्र आन्दोलनमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved