एमालेका महाधिवेशन प्रतिनिधिलाई नारायणी किनारमा भोज

नेपालभ्युज

एमालेका महाधिवेशन प्रतिनिधिलाई नारायणी किनारमा भोज

चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा भाग लिन चितवन पुगेका कार्यकर्ता तथा प्रतिनिधिलाई नारायणी नदी किनारमा खाना खुवाइएको छ। विभिन्न जिल्लाबाट सहभागीलाई आफ्नै जिल्ला कमिटीले खानाको प्रबन्ध गरेका छन् । कतिपयले जिल्लाले नारायणी किनारमै खानाको व्यवस्था गरेका छन् ।

अहिले महाधिवेशन उद्घाटन हुनुअघि नारायणी नदी पारी गौंडाकोट किनारामा खाना खाने वितरण भइरहेको छ। खानाको मेनुमा मासु र मसरुम समेत रहेको छ ।

एमाले महाधिवेशनमा देशभरबाट दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने तय भएको छ । साथै पाँच लाख मासिन सहभागी हुने एमालेको दाबी छ । सबै प्रतिनिधिलाई बसोबासका लागि चितवनको सौराहामा होटेल बुक भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved