रक्तचन्दनको ३३ लिटर तेलसहित काठमाडौंबाट १० जना पक्राउ

नेपालभ्युज

रक्तचन्दनको ३३ लिटर तेलसहित काठमाडौंबाट १० जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। रक्तचन्दनको ३३ लिटर तेलसहित काठमाडौंबाट १० जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तिलगंगाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, विक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ। रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ । तस्करले यसबाट बनेका अन्य सामग्रीको कारोबार बढाए पनि प्रहरीले सक्रियता बढाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved