एमाले महाधिवेशन : भरतपुरमा सवारीसाधन संचालनमा रोक

नेपालभ्युज

एमाले महाधिवेशन : भरतपुरमा सवारीसाधन संचालनमा रोक

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ।

उद्घाटन समारोह अघि नै शुक्रबार बिहानैदेखि नारायणगढ क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ। लामो दुरीको सवारी साधन सञ्चालन हुन दिने भनिए पनि चलेका छैनन्। चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले सबै कुराको जिम्मा आफूले लिन नसक्ने बताए।

प्रशासनले मालवाहक सवारी रोक्ने निर्णय गरे पनि लामा दुरीका सवारी रोक्ने आदेश नदिएको बताएको छ। जिल्ला अधिकारी आशमान तामाङले भने ‘‘सवारी किन चलेनन्,यातायात व्यवसायीलाई सोध्नुहोस्, हामीले त निर्बाध रुपमा चल्न भनेका छौँ।’’

यसबारेमा नारायणी यातायात व्यवसायीसँग कुरा गर्दा भिडको कारणले सवारी प्रभावित हुने भएकाले नचलाएको बताए।
उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको बताइएको छ।

पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved