एमाले महाधिवेशनको प्रभाव – भरतपुरका शिक्षण संस्था बन्द(फोटो फिचर)

महाधिवेशनका आउने भिडका कारण स्कुल बसहरू सञ्चालन गर्न अप्ठेरो हुने बताउँदै यस क्षेत्रको निजी स्कुल आजका लागि बन्द गरिएको छ।

एमाले महाधिवेशनको प्रभाव – भरतपुरका शिक्षण संस्था बन्द(फोटो फिचर)
फाइल तस्वीर

चितवन। नेकपा (एमाले)को १० औँ महाधिवेशनका कारण भरतपुर क्षेत्रको शिक्षण संस्था बन्द भएका छन्। महाधिवेशनका आउने भिडका कारण स्कुल बसहरू सञ्चालन गर्न अप्ठेरो हुने बताउँदै यस क्षेत्रको निजी स्कुल आजका लागि बन्द गरिएको छ। सरकारी विद्यालय खोलिएपनि प्रभावित भएका छन्।

कुनै दलको सभा सम्मेलन तथा कार्यक्रमको असर विद्यालयलाई पार्न नहुने भन्दै सरोकारवालाहरूले असन्तुष्टि जनाएका छन्।

वाल्मीकि स्कुलका एक कर्मचारीले भने ‘‘लामो लकडाउन तथा कोरोनाको मारमा लामो सामययता बन्द भएको विद्यालय भर्खरै खुलेको हो, यस कारण एक दिन बन्द हुँदा पनि ठुलो असर गर्छ।’’

यता भरतपुर वडा नम्बर ३ स्थित एक स्कुल शिक्षकले महाधिवेशनका कारण विद्यार्थी आउजाउका लागि समस्या देखिएका कारण स्कुल बन्द गर्ने निर्णय गरेको बताउँछन्।

प्रशासनले स्कुल सञ्चालनका लागि केही प्रबन्ध नमिलाएको बताउँदै शिक्षकले भने, ‘‘शुरुमा ९ बजेअघि विद्यार्थी स्कुलमा ल्याउने र पाँच बजेपछि मात्रै छुट्टी दिने तयारी भए पनि अन्तिम अवस्थामा स्कुल बन्द गर्ने निर्णय भएको हो।’’

यता चितवन एमाले अध्यक्ष पार्वती रावलले आफूहरूलाई स्कुल बन्दका विषयमा कुनै जानकारी नभएको बताइन्। ‘‘हामीले स्कुल बन्दका लागि कुनै आग्रह गरेका छैनौँ, न त कुनै स्कुलसँग सवारी साधनको सुविधा मागेका छौँ,’’ रावलले भनिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved