एमाले महाधिवेशन : नारायणी किनारमा बिहानैदेखि चहलपहल

नेपालभ्युज

एमाले महाधिवेशन : नारायणी किनारमा बिहानैदेखि चहलपहल

चितवन। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चहलपहल बिहानैदेखि शुरु भएको छ। एमालेका नेताकार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि उद्घाटन स्थल चितवनको नारायणी नदी किनारमा बिहानैदेखि भेला भएका छन्।

नेता, कार्यकर्ता शुभेच्छुक उद्घाटन स्थलमा पुगिरहेका छन्। यो समाचार प्रकाशित हुँदासम्म नारायणी किनारस्थित कार्यक्रम स्थलमा ५ हजार बढी मानिस जम्मा भइसकेको एमालेका नेताहरु बताउँछन्। उद्घाटन कार्यक्रम भने मध्यान्न १२ बजेपछि मात्र शूरु हुनेछ।

चितवनमा धुलो उड्न नदिन ट्याङ्करले पानी खन्याउने काम भइरहेको छ। स्वास्थ्यका कारण अध्यक्ष केपी ओलीलाई भने गाडीबाटै कार्यक्रम स्थल पुर्याइनेछ। ओली बिहीबारदेखि सौराहामा रहेको पार्क सफारी रिसोर्टमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved