महाधिवेशन प्रतिनिधिको मात्रै स्वास्थ्य जाँच, कार्यकर्ताको विषयमा मौन

नेपालभ्युज

महाधिवेशन प्रतिनिधिको मात्रै स्वास्थ्य जाँच, कार्यकर्ताको विषयमा मौन

चितवन।  एमालेको १० औँ महाधिवेशन बन्दसत्र स्थलभित्र प्रवेश गर्न अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। विना स्वास्थ्य परीक्षण बन्दसत्र प्रवेश स्थलमा प्रवेश नदिइने चितवन एमाले अध्यक्ष पार्वती रावलले बताएकी छन्। बन्दसत्रमा प्रवेश गर्नुअघि महाधिवेशन प्रतिनिधि सबैको स्वास्थ्य परीक्षण हुने रावलले जानकारी दिइन्।  ‘‘रुघा, खोकी, ज्वरो परीक्षण भएपछि मात्रै बन्दसत्र स्थलभित्र प्रवेश गर्न व्यवस्था गरेका छौँ,’’ रावलले भनिन्।

एमालेको बन्दसत्र आयोजना भएको सौराहाको सेभेनस्टार होटलमा सम्पूर्ण प्रतिनिधिहरूको स्वास्थ्य जाँच हुनेछ। महाधिवेशनका लागि २५० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने रावलले बताइन्।  ‘‘महाधिवेशनमा सहभागी हुन आएका कुनै पनि प्रतिनिधिलाई स्वास्थ्य समस्या देखा परेको अवस्थामा  सहयोगका लागि तुरुन्त स्वास्थ्यकर्मी उपलब्ध हुने व्यवस्था मिलाएका छौँ,’’ रावलले भनिन्।

स्वास्थ्यमा जटिल समस्या देखिएको अवस्थामा  भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पताल ल्याउने व्यवस्था मिलाइएको छ। चितवन मेडिकल कलेजले महाधिवेशनमा सहभागी हुन आएका एमाले प्रतिनिधिहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने यसअघि नै जानकारी दिएको थियो।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिको स्वास्थ्य सतर्कतामा ध्यान पुर्‍याएको पार्टीले महाधिवेशन उद्घाटन स्थलमा आउने मानिसको स्वास्थ्य जाँच के हुन्छ केही बताएको छैन। पछिल्लो समय चितवनमा कोभिड १९ का सङ्क्रमण दर बढ्दै गर्दा एमालेको महाधिवेशन   हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved