तामाङ सेलो संगीत महोत्सव मंसिर २४ देखि

नेपालभ्युज

तामाङ सेलो संगीत महोत्सव मंसिर २४ देखि

काठमाडौँ। नेपाल तामाङ कलाकार संघले यही मंसिर २४ र २५ गते तामाङ मौलिक सेलो संगीत महोत्सव गर्ने भएको छ । महोत्सव बौद्धस्थित होटेल हायातको खुल्ला मैदानमा हुने कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघको बतायो । महामारीका कारण अघिल्लो वर्ष भने संघले महोत्सव गर्न सकेन ।

संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दै आएको बताए । महोत्सवमा मूल आकर्षकका रुपमा ताम्बा संस्कृति रहनेछ । ताम्बाहरुद्वारा डम्फूको महत्वमाथि समेत परिचर्चाहरु हुनेछन् । दोङका अनुसार ताम्बा तथा मौलिक सेलो गीतहरूको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved