एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको अधिवेशन स्थगित

नेपालभ्युज

एमाले महाधिवेशनका कारण चितवन कांग्रेसको अधिवेशन स्थगित

चितवन। नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ। नेपाली कांग्रेस चितवनको बैठकले सर्वसम्मतिबाट शुक्रबार र शनिबारका लागि तोकिएको जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

चितवनको जिल्ला अधिवेशन सार्ने गरी निर्वाचन समितिलाई सिफारिस गरिएको र सोही आधारमा निर्वाचन समितिले जिल्ला अधिवेशन स्थगन गरिएको कांग्रेस चितवनले जनाएको छ।

मंसिर १० गते नेकपा एमालेको केन्द्रीय महाधिवेशनको उद्घाटन नारायणगढमा हुने भएका कारण कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको हो। चितवन प्रशासनले बिहान १० देखि ३ बजेसम्म नगरमा यातायात प्रवेशमा रोक लगाएका कारण उम्मेदवारले मनोनयन दाखिला गर्न समस्या हुने भएकाले अधिवेशन स्थगित गर्नु परेको कांग्रेसले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved