सिडिओसँग स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्ध खोपको विवरण मागे

नेपालभ्युज

सिडिओसँग स्वास्थ्यमन्त्रीले कोरोनाविरुद्ध खोपको विवरण मागे
फाइल तस्वीर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग खोप सहजीकरणबारे छलफल गरेका  छन्।

बिहीबार स्वास्थ्य मन्त्री खतिवडाले नेपालका हरेक जिल्लाका सिडिओसँग कोरोनाविरुद्ध खोप अभियानमा हालको विवरणबारे जानकारी पनि लिए।

प्रमुख जिल्ला अधिकारी र विभिन्न स्वास्थ्य विभागका अधिकारीहरूको कुरा सुनिसकेपछि मन्त्री खतिवडाले स्थानीय स्वास्थ्य निकायहरूमा जिल्लास्तरीय, प्रदेशस्तरीय स्वास्थ्य निकायहरूसँग समन्वय गरी चाँडै वडाध्यक्ष र गाउँपालिकाका प्रमुखहरूलाई बोलाएर छलफल गर्न आग्रह गरे।

गाउँहरूबाट कोरोनाविरुद्ध खोप लगाएको तथ्यांक आउन नसकेकोले उक्त तथ्यांक उपलब्ध गराउन यसले सहयोग गर्ने मन्त्री खतिवडाले बताए। प्रमुख जिल्ला अधिकारीहरूले कोरोनाविरुद्ध खोप लक्षित समुदायमा पुर्‍याउन स्थानीय रूपमा योजना बनाएर लागू गनपर्ने बताए। उनले प्रदेश र स्थानीय तहमा भण्डारण गरिएको कोरोनाविरुद्ध खोपको मात्रा अपुग भए तत्काल केन्द्रीय सरकारसँग माग गर्न गरे।

मन्त्री खतिवडाले प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोनाविरुद्ध खोप गाउँ तहसम्म पुर्‍याउन नयाँ किसिमले सोच्न आग्रह गर्दै जिल्लामा भएका स्वास्थ्य केन्द्रबाट बारअनुसार नभई नियमित खोप सञ्चालन गर्न निर्देशन दिए।

उनले विभिन्न पार्टीले आयोजना गरिरहेका महाधिवेशनस्थलमा धेरै मानिस जम्मा हुने भएकोले उक्त स्थानमा गएर पनि खोप डेस्क सञ्चालन गरी जनतासमक्ष खोप पुर्‍याउन आग्रह गरे। मन्त्री खतिवडाले गाउँ-गाउँका जनताहरूलाई खोप लगाउन आउँदो निर्वाचनमा तोकिएका निर्वाचनस्थलमा खोप केन्द्र सञ्चालन गर्नुपर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved