एमाले महाधिवेशन उद्घाटन कार्यक्रममा सार्वजनिक यातायात चल्ने

नेपालभ्युज

एमाले महाधिवेशन उद्घाटन कार्यक्रममा सार्वजनिक यातायात चल्ने

चितवन। पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सार्वजनिक सवारीको आवागमन गर्नेबारेमा आफूले प्रशासनलाई कुनै आग्रह नगरेको नेकपा एमालेले जनाएको छ। उद्घाटन समारोहको पूर्वसन्ध्यामा शुक्रबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा एमालेले गाडी चल्नुपर्ने र कुनै प्रकारको अवरोध हुन नहुने बताए।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ‘‘भोलि गाडी चल्नुपर्छ। कुनै प्रकारको अवरोध हुनुहुन्न।’’ यसअघि महाधिवेशन उद्घाटन हुँदा धेरै चाप र भीड भएकाले सार्वजनिक सवारी नचल्ने समाचार आएका थिए।

यस्तै भट्टराईले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। महाधिवेशनभर करिब साँढे सात करोड रुपैयाँ खर्च हुने उनले जनाए। उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने निश्चित भएको भट्टराईले बताए।

अन्य दलका अध्यक्षहरू पनि समारोहमा सहभागी भएर सम्बोधन गर्ने जानकारी दिए। उनका अनुसार महाधिवेशनमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुनेछन्। १ सय ३ जना पर्यवेक्षक रहनेछन्। यसपटक महाधिवेशनमा कूल ६२७ जना महिला प्रतिनिधि छन्। दलित र उत्पीडित वर्गबाट २०९ जना प्रतिनिधि सहभागी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved