एमाले महाधिवेशनमा आउने यी हुन् विदेशी पाहुना

चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी र भारतबाट पाँच पार्टीका प्रतिनिधि बोलाइएकोमा पाकिस्तानबाट भने कुनै पनि प्रतिनिधि आएका छैनन्।

नेपालभ्युज

एमाले महाधिवेशनमा आउने यी हुन् विदेशी पाहुना

काठमाडौं। शुक्रबार(१०मंसीर)देखि चितवनको नारायणी किनारमा नेकपा (एमाले)को दशौं महाधिवेशन शुरु हुँदैछ। १२ मंसीरसम्म चल्ने उक्त महाधिवेशनमा देशभरबाट ५ लाख नेता तथा कार्यकर्ता उतार्ने तयारी गरिएको छ भने विभिन्न विदेशी पार्टी र नेताहरूलाई पनि आमन्त्रण गरिएको छ।

आमन्त्रण गरे अनुसार बंगलादेश, भारत, श्रीलंका, टर्की, कम्बोडिया, म्यानमार, रसिया, चीन जर्मनी लगायत १५ मुलुकका पार्टी प्रतिनिधि नेपाल आएका छन्। चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी र भारतबाट पाँच पार्टीका प्रतिनिधि बोलाइएकोमा पाकिस्तानबाट भने कुनै पनि प्रतिनिधि आएका छैनन्।

No description available.

उक्त महाधिवेशनमा भारत, बंगलादेश, बेल्जियम, रसिया, जर्मन, टर्की लगायत विभिन्न मुलुकका विभिन्न दलका प्रतिनिधि सहभागी हुन काठमाडौं आइपुगेका छन्। विदेशी पाहुनाको स्वागत र सम्मानमा एमाले विदेश मामिला विभागका प्रमुख डा. राजन भट्टराईले आज (बिहीबार) सोल्टी होटलमा रात्रिभोज आयोजना गर्दैछन्। भोलि विदेशी पाहुनाहरू उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको नेकपा (एमाले) दशौं राष्ट्रिय महाधिवेशन अतिथी सत्कार समितिले जनाएको छ।

१२ मंसीरमा चितवनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनासँग ब्रेकफास्ट गर्ने कार्यक्रम रहेको छ भने उनीहरूका लागि चितवनको ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था गरिएको उक्त समितिले जनाएको छ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि सहभागी हुँदैछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved