बडुवाल हत्याकाण्ड : आरोपीले बोक्ने दुई पेस्तोल बरामद

नेपालभ्युज

बडुवाल हत्याकाण्ड : आरोपीले बोक्ने दुई पेस्तोल बरामद
हत्या गरिएका भूपेद्र

धनगढी।  कैलालीको लम्कीचुहा नगरपालिका-१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या प्रकरणका मुख्य योजनाकार नवीन रावलले प्रयोग गर्ने दुई पेस्तोल बरामद भएका छन्।

प्रहरीले टीकापुरस्थित सिद्धार्थ होटेलबाट रावल समूहले प्रयोग गर्ने दुई पेस्तोल बरामद गरेको हो। पेस्तोल होटेलको कोठाभित्रको शौचालयमा लुकाएको अवस्थामा प्रहरीले बरामद गरेको छ । बडुवाल हत्याका मुख्य योजनाकार रावल भने अझैं फरार छन् ।

यस्तै रावल समुहले हत्याको समयमा प्रयोग गरेका दुई मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयल एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ ।

भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ । हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। उनीहरूमध्ये १० जना पक्राउ परिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved