फुलकोर्टअघि बार र न्यायाधीशबीच छलफल जारी

नेपालभ्युज

फुलकोर्टअघि बार र न्यायाधीशबीच छलफल जारी

काठमाडौं। आज तय भएको फुलकोर्ट बैठकअघि न्यायाधीश र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरू छलफलमा जुटेका छन्। दिउँसो २ बजे डाकिएको फुलकोर्ट बैठक अघि न्यायाधीश र बारका वकिलहरू छलफलमा जुटेका हुन्।

सर्वोच्च अदालतमा १५ मंसीरदेखि गोलाप्रथाद्वारा पेशी तोक्ने प्रणाली लागू हुँदैछ। आजको फुलकोर्ट बैठकबाट ‘गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका’ लागू गर्ने निर्णय गरिने न्यायाधीशहरूले बताएका छन्।

आज २ बजे बारका कानून व्यवसायी, नागरिक आन्दोलन र विभिन्न संघसंस्थाहरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गर्दैछन्।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved