यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने जसपाको निर्णय

नेपालभ्युज

यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ। जसपाको केन्द्रीय कार्यकारिणी बैठकले उनलाई पार्टी विरोधी गतिविधिमा लागेको भन्दै कारबाही गरेको हो।

देउवा नेतृत्वको गठबन्धन सरकारले यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताले विरगञ्ज र काठमाडौंमा पार्टीको झण्डा जलाएर, पार्टी कार्यालय तोडफोड गरेर तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएर विरोध गरेका थिए। ती गतिविधिमा यादव संलग्न रहेको भन्दै यसअघि ११ कात्तिकमा जसपाले यादवलाई स्पष्टीकरण सोधेको थियो।

उनले ती गतिविधिमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved