आईपीयूको सम्मेलनमा सहभागी हुन स्पेन लागे सभामुख

नेपालभ्युज

आईपीयूको सम्मेलनमा सहभागी हुन स्पेन लागे सभामुख

काठमाडौं । अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा स्पेन प्रस्थान गरेका छन्।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख आज स्पेन प्रस्थान गरेका हुन्।

प्रतिनिधिमण्डल आज (बुधबार) बेलुका ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो। सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभासदस्य देव गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगम प्रसाद वान्तवा राई छन्।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईं र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी पनि सहभागी छन्।

आईपीयू र स्पेनको संसदको आयोजनामा १० मंसीरदेखि १४ (२६ देखि ३० नोभेम्बर २०२१) सम्म स्पेनको म्याड्रिडमा आईपीयूको १४३ औं सम्मेलन हुँदै छ।

सम्मेलनमा ‘Contemporary Challenge to Democracy: Overcoming Division and Building Community’ शीर्षकमा सभामुखले सम्बोधन गर्नु हुने कार्यक्रम छ।

यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुने Meeting of the Parliamentary Network of the Non-Aligned Movement मा सभामुख सापकोटाले भाग लिई बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल १६ मंसीरमा फर्कने कार्यक्रम रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved