कांग्रेस धनुषाको १८ वटै पालिकामा अधिवेशन सम्पन्न

नेपालभ्युज

कांग्रेस धनुषाको १८ वटै पालिकामा अधिवेशन सम्पन्न

जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको १८ वटै पालिकामा अधिवेशन सकिएको छ। १४औँ महाधिवेशन अन्तर्गत धनुषाको ९ वटा पालिकामा सर्वसम्मत र बाँकी ९ वटा पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए।

सर्वसम्मत भएकाहरूमा प्रमाणपत्र वितरण भइसकेको छ भने निर्वाचन भएका पालिकाहरूमा प्रमाणपत्र दिने कार्य जारी रहेको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले जानकारी दिए।

धनुषा क्षेत्र नम्बर १ मा ५ पालिकाहरू पर्दछन्। जसमा धनुषाधाम नगरपालिकामा चन्द्रदीप यादव, हँसपुर नगरपालिकामा राजनारायण कापर सर्वसम्मत भएका छन्। निर्वाचनबाट सबैला नगरपालिकामा खटु यादव, मिथिलाबिहारी नगरपालिकामा राजेन्द्र यादव र गणेशमान चारनाथ नगरपालिकामा रामसुभ यादवले नेतृत्व पाउन सफल भएका छन्।

धनुषा क्षेत्र नम्बर २ को ५ पालिकामा औरही गाउँपालिकामा जुगल सिंहले सर्वसम्मत नेतृत्व पाएका हुन्। बाँकी ४ पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। विदेह नगरपालिकामा गणेश साह, कमला नगरपालिकामा शंकर यादव, शहीदनगर नगरपालिकामा श्रीलाल यादव र जनकनन्दनी गाउँपालिकामा दिलीपकुमार यादवले नेतृत्व पाएका छन्।

क्षेत्र नम्बर ३ मा उपमहानगरपालिकासहित ४ पालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ। प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव र धनौजी गाउँपालिकामा रामनारायण यादवले सर्वसम्मत नेतृत्व प्राप्त गरेका छन्।

त्यसैगरी क्षेत्र नम्बर ४ का ४ पालिकामध्ये दुईमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। बाँकीमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। पूर्वमन्त्री महेन्द्र यादवका अनुसार लक्ष्मिनिया गाउँपालिकामा भोगेन्द्र मिश्र र क्षिरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव सर्वसम्मत नेतृत्व पाएका हुन्। मिथिला नगरपालिकामा जोगी महतो र बटेश्वर राजेन्द्र यादवले निर्वाचनबाट नेतृत्व प्राप्त गरेका हुन्।

अधिवेशनको सुरुवातमा अधिकांश पालिकाहरूमा गुटगत विवाद देखिए पनि कांग्रेस उपसभापति विमलेन्द्र आफैँले अग्रसरता देखाएपछि नौ वटा पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन भएको थियो। बुधबारसम्ममा बाँकी रहेका नौ पालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको हो। सर्वसम्मत हुने अधिकांश पालिकामा निधि पक्षधरले नै नेतृत्व प्राप्त गरेका छन्। धनुषा उपसभापति निधिको गृह जिल्ला पनि हो।

त्यसैगरी बुधबारेदेखि प्रदेश सभा क्षेत्रको लागि अधिवेशनको सुरु भएको छ। काँग्रेस प्रतिनिधि सभा क्षेत्र नंं. ३ (२) के प्रदेश क्षेत्रीय अधिवेशन के उद्घाटन प्रमुख अतिथि काँग्रेसका उपसभापति विमलेन्द्र निधिले गरेका छन् भने अन्य क्षेत्रको अधिवेशनको पनि उद्घाटन सम्पन्न भएको छ।

आज सम्भावित तथा आकांक्षी उम्मेदवारहरूको सबै क्षेत्रबाट नामावली संकलन गरिएको र सक्दो सबै क्षेत्रमा सर्वसम्मतिका प्रयास हुने धनुषा सभापतिका उम्मेदवार समेत रहेका क्षेत्र नं. ४ का सभापति योगेन्द्र प‌जियारले जनाए।

नेता पजियारले सर्वसम्मति नभए भोलि बिहीबार १ बजे देखि निर्वाचन प्रक्रियामा जाने तयारी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved