काठमाडौं महानगरभित्र आज र भोलि खोप लगाइने

नेपालभ्युज

काठमाडौं महानगरभित्र आज र भोलि खोप लगाइने

काठमाडौँ। महानगरपालिकाले ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले आज र भोलि ३२ वटै वडामा खोप अभियान थाल्ने भएको छ।

महानगरपालिकाले एस्ट्राजेनिका खोपको दोस्रो डोज र भेरोसेल खोपको पहिलो र दोस्रो डोज लगाउने जानकारी दिएको छ। १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्र बोकेर बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन्।

पहिलो डोज लिएकाहरूले परिचयपत्र र दोस्रो डोज लिएकाहरूले खोपकार्ड अनिवार्य रुपमा लैजानु पर्नेछ। खोप केन्द्र सम्बन्धित वडामा यसअघि सञ्चालित खोप अभियान रहेको स्थानमा भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved