ब्ल्याक प्लस डेक्करको ‘दशैँ-तिहार लक्की स्क्र्याच’ योजना

मासिक र बम्पर लक्की ड्र योजनाअन्तर्गत मासिक उपहारहरुमा ब्ल्याक प्लस डेक्करको ओएफआर ओएल हीटर र ओटीजी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एलजीको ९ किलो फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिनेछ।

नेपालभ्युज

ब्ल्याक प्लस डेक्करको ‘दशैँ-तिहार लक्की स्क्र्याच’ योजना

काठमाडौं। नेपाली बजारलाई लक्षित गर्दै ब्ल्याक प्लस डेक्करले यस वर्ष दशै-तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्पर लक्की ड्र अफर योजना ल्याएको छ।

लक्की स्क्र्याच योजनाअन्तर्गत ब्ल्याक प्लस डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछन्, जुनमा हात खाली नजाने एक लाख रुपैयाँसम्मका आकर्षक क्यास प्राइज तुरन्त प्राप्त गर्न सकिनेछ।

मासिक र बम्पर लक्की ड्र योजनाअन्तर्गत मासिक उपहारहरुमा ब्ल्याक प्लस डेक्करको ओएफआर ओएल हीटर र ओटीजी ओवन जित्न सकिनेछ भने बम्पर लक्की ड्रमा एलजीको ९ किलो फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिनेछ।

सोही योजनाको दोस्रो मासिक लक्की ड्र मंसिर ६ गते ब्ल्याक प्लस डेक्कर ब्रान्डको आधिकारिक फेसबूक पेजमार्फत लाइभ घोषणा गरिएको थियो। दोस्रो मासिक लक्की ड्रको बिजेता खोटाङका प्रसन्ना राजभण्डारी भएका छन्। उनले ब्ल्याक प्लस डेक्करको ओएफआर हिटर जितेका छन्।

ब्ल्याक प्लस डेक्करको दशैँ-तिहार लक्की स्क्र्याच योजनाका साथै बम्पर लक्की ड्र अफर अन्तर्गत एलजीको ९ केजी फ्रन्टलोड वाशिङ मेसिनको भाग्यशाली विजेता घोषणा गर्न बाँकी नै छ। यस योजनामा सहभागी हुनका लागि ब्ल्याक प्लस डेक्करको सामान खरिद गरी वारेन्टी कार्डको अर्धकट्टीमा आफ्नो पूर्ण विवरण भर्नुपर्नेछ।

कम्पनीले यो योजना १५ असोज २०७८ देखि सीमित अवधिका लागि लागू गरिएको छ। ब्ल्याक्क प्लस डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इओएल रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved