सबै न्यायाधीशको सम्पत्ति विवरण छानबिन हुनुपर्छ – पाटन बार अध्यक्ष सिंखडा

नेपालभ्युज

सबै न्यायाधीशको सम्पत्ति विवरण छानबिन हुनुपर्छ – पाटन बार अध्यक्ष सिंखडा

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटन अध्यक्ष रामचन्द्र सिंखडाले सबै ठाउँमा सक्षम न्यायाधीश नियुक्त नभएको बताएका छन्। र न्यायाधीशहरूले पनि आफूलाई सक्षम देखाउन नसकेका पनि उनले बताएका छन्।

उच्च अदालत बार एशोसिएशन पाटनमा भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्न आयोजित कार्यक्रममा सबै न्यायाधीशरूको सम्पत्ति विवरण छानबिन हुनुपर्नेमा पनि उनले जोड दिए। भने, “नेपाल बारको आन्दोलन चोलेन्द्रशमसेर जबराको बहिर्गमन मात्र होइन। सबै तमाम सुधारका कुरामा हामीले अभियान चलाउनुपर्छ।”

त्यसपछि मात्र स्वच्छ निष्पक्ष र निर्भीक न्यायपालिका हुने उनले बताए। आफूहरूले थालेको आन्दोलन सफल हुने भन्दै उनले त्यसपछि भने न्यायापालिकामा कुनै भनसुन नहुने दाबी गरे। यो अभियानलाई साथ दिन सबै कानून व्यवसायीहरू पनि लागिपर्नेमा उनले जोड दिए। अदालत सक्षम रहे यसमा लागिपर्नेहरूको पेशा पनि सक्षम हुने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved