संग्रौलाले लेखेको ‘कांग्रेसको अबको बाटो’ देउवाद्वारा विमोचन

पुस्तक विमोचान गर्दै देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए। “पार्टीको १४ औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,” उनले भने।

नेपालभ्युज

संग्रौलाले लेखेको ‘कांग्रेसको अबको बाटो’ देउवाद्वारा विमोचन

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौला ‘पन्त’को ‘कांग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन्।

पुस्तक विमोचान गर्दै देउवाले पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा विमोचन गरिएको उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने बताए। “पार्टीको १४ औँ महाधिवेशनमा यो पुस्तक कांग्रेसका लागि प्रेरणाको स्रोत बन्न सक्छ,” उनले भने।

देउवाले डा. संग्रौला पार्टीभित्र महिला अधिकारका लागि लड्ने सशक्त महिला भएको उल्लेख गर्दै पुस्तकको थप सफलताको शुभकामना व्यक्त गरे।

पुस्तकका लेखक डा. संग्रौलाले १४ औँ महाविधेशनमा पार्टीभित्र व्यापक बहस र छलफल जरुरी रहेको बताए। “पार्टी रुपान्तरण र महिला सशक्तीकरणका लागि पुस्तकमार्फत अठोट लिएको छु”, उनले भनिन्।

पुस्तकमा नेपाली कांग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, उपलब्धिहरु, अबको बाटो, राष्ट्रवादको कसीमा कांग्रेस, जनताले चाहेको कांग्रेस, अमूल्य योगदानका अग्रज र १४ औँ महाधिवेशनका एजेन्डाहरु प्रस्तुत गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved