तीन तहकै निर्वाचन एक साथ हुनुपर्छ, चुनावसम्म नै गठबन्धन रहन्छ: प्रचण्ड

प्रचण्डले भने, “तीन तहकै निर्वाचन एक साथ हुनु पर्छ। संघ, प्रदेश र स्थानीय निर्वाचन एक साथ भएमा खर्च कम हुनेछ।”

तीन तहकै निर्वाचन एक साथ हुनुपर्छ, चुनावसम्म नै गठबन्धन रहन्छ: प्रचण्ड
फाइल तस्वीर

धनगढी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन तहकै निर्वाचन एक साथ हुनुपर्ने बताए।

बुधबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भने, “तीन तहकै निर्वाचन एक साथ हुनु पर्छ। संघ, प्रदेश र स्थानीय निर्वाचन एक साथ भएमा खर्च कम हुनेछ।”

सत्तारुढ दलहरु बीचको गठबन्धन आगामी चुनावसम्म रहनेसमेत अध्यक्ष प्रचण्डले दाबी गरे। उनले बाहिर गठबन्धनको विरोध भइरहे पनि भित्रभित्रै सबै पार्टीले गठबन्धन चाहिरहेको बताए।

फरक प्रसंगमा प्रचण्डले अदालत स्वतन्त्र निकाय रहेको र यसको गरिमा रहनु पर्ने उल्लेख गरे। उनले सर्वोच्चमा देखिएको गतिरोध समाधान हुने र सकारात्मक निर्णय आउनेमा आफू आशावादी रहेको बताए।

“यदि, त्यसो भएन भने गठबन्धनले पनि समस्या समाधानका लागि पहलकदमी भूमिका निर्वाह गर्नेछ”, प्रचण्डले भने।

एमसीसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। उनले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने भन्दै हालको सरकारलाई अझ तदारुकताका साथ काम गर्न आग्रह गरे।

भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड धनगढी आएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved