‘न्यायापालिकाभित्रको फोहोर सफा गरौं’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई विकल्प अघि सारेका छन्। पहिलो, प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रसस्त गर्ने। त्यो नहुँदा व्यवस्थापिका संसद् अघि बढेर समाधान खोज्ने।

नेपालभ्युज

काठमाडौं। प्रमुख राजनीतिक दलका नेताहरुले सर्वोच्च न्यायालयमा भइरहेको विवादमा मौन बनिरहेका बेला पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई विकल्प अघि सारेका छन्।

पहिलो, प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रसस्त गर्ने। त्यो नहुँदा व्यवस्थापिका संसद् अघि बढेर समाधान खोज्ने। अर्थात् प्रधानन्यायाधीशले राजीनामाको आग्रह अस्वीकार गर्दा महाअभियोगको बाटोबाट हटाउनुपर्ने राय उनले घुमाउरो हिसाबले व्यक्त गरेका छन्।

बुधबार बिहान ट्विट गर्दै भट्टराईले लेखेका छन्, “न्यायपालिकाभित्रको फोहर अब छोपेर राख्नै नसकिने भयो। जिम्मेवार दल, नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै बहानामा लुकाउन मिल्दैन।अब कि देवासुर संग्राममा शिवजीले कालकूट बिष पिएर निलकण्ठ बने झैं न्यायालय प्रमुखले त्याग देखाउनुपर्यो कि व्यवस्थापिका अघि सर्नुपर्यो! अर्को विकल्प छैन!”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved