बैतडी कांग्रेसको सभापति बने क्यान अध्यक्ष चन्द

चन्दले शिवराज भट्टलाई पराजित गर्दै सभापति जितेका हुन्।

नेपालभ्युज

बैतडी कांग्रेसको सभापति बने क्यान अध्यक्ष चन्द

काठमाडौं। नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द नेपाली कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका छन्। चन्दले शिवराज भट्टलाई पराजित गर्दै सभापति जितेका हुन्।

बैतडी सभापतिका लागि भएको निर्वाचनमा चन्दले ८०९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी भट्टले मात्र ४८९ मत प्राप्त गरे। एउटा उपसभापतिबाहेक बैतडीमा चन्दको प्यानल विजयी भएको छ।

दुई मध्ये एक उपसभापतिमा भने भट्ट प्यानलका वीरबहादुर विष्टले बाजी मारेका छन्। उनीसँगै चन्द प्यानलका खगेन्द्रसिंह धामीले पनि उपसभापतिमा जित हात पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved