अग्नीपीडित परिवारलाई राहत वितरण

टोलीले पीडित प्रतिपरिवारलाई १७ हजार रुपैयाँ, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिए।

नेपालभ्युज

अग्नीपीडित परिवारलाई राहत वितरण

सिन्धुपाल्चोक। हेलम्बु गाउँपालिका इचोकका अग्नीपीडित तीन परिवारलाई राहत वितरण गरिएको छ ।

बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य युवराज दुलाल, वाईसीएल जिल्ला इन्चार्ज सुरेश राना, माओवादी २ नं क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बुका अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु–५ का अध्यक्ष मिङमार तामाङलगायतको टोलीले मंगलबार पीडित परिवारलाई भेटेर राहत सामग्री वितरण गरेको हो ।

टोलीले पीडित प्रतिपरिवारलाई १७ हजार रुपैयाँ, तीन बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडालगायत वितरण गरेको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिए।

सोमबार साँझ इचोक सुर्सिङ झाँक्रीटोलमा सञ्च तामाङको गोठमा आगलागी हुँदा ६ वर्षीय मनोज तामाङ, पाँच वर्षीय मनिष तामाङ र पाँच वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved